महाशय,
उपरोक्त सम्बन्धमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको मिति २०७4/०९/2८ गते सम्पन्न छैंटौं वार्षिक साधारण सभाको निर्णय र कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७५/०२/०७ को निर्णय अनुसार साविकको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको नाम परिवर्तन गरी “हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड” (अंग्रेजीमा Hydroelectricity Investment and Development Company Ltd.) कायम भएको ब्यहोरा जानकारी गराउँदछु।
साथै मिति २०७५/०९/०६ गते बसेको सञ्चालक समितिको १७३औं बैठकमा कम्पनी रजिष्ट्रार कार्यालयको निर्देशन अनुसार तत्काल लागु हुने गरी कम्पनीको काम कारबाही “हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड” र अंग्रेजीमा “Hydroelectricity Investment and Development Company Ltd.” नामबाट हुने निर्णय भएको ब्यहोरा जानकारी गराउँदछु।